नवलपुर, कात्तिक ९ गते । नवलपुरको गैँडाकोट नगरपालिका–३ घोक्रेफाँट स्थित कालीगण्डकी करिडोरको भित्रिसडकखण्डमा मोटरसाइकाल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बुलिङटारबाट ढोडेनी तर्फ आउदै गरेको ग १७ प ३९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना घएको प्रहरीले जनाएको छ । मोटरसाइकल डिभाइडरमा ठोक्किएर अन्दाजी २० मिटर तल खसेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक चितवनको भरतपुर महानगरपालिकाका २६ वर्षीय किशोर क्षेत्री र मोटरसाइकलको पछाडी सवार स्याङजा चापाकोट नगरपालिका–३ का २५ वर्षीय बिक्रम बहादुर खाँण घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतहरुलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीको भनाइ छ ।








