नवलपुर, कात्तिक ३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ हाटबजारमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।
रजहरबाट कावासोतीतर्फ जाँदै गरेको ग ११ प ४७३२ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको ना ५३ प ४६५९ नम्बरको स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक पर्वत महासिला गाउँपालिका-५ का ५० वर्षीय राम खनाल, पछाडी सबार ४१ वर्षीया राधा शर्मा, स्कुटर चालक नवलपुरको देवचुली नगरपालिका-९ का ४० वर्षका चन्द्रसिंह गाहा, स्कुटर पछाडी सवार कावासोती-१२ पिठौलीका २६ वर्षीया खिम माया मस्राङगी र उनका १४ महिनाको छोरा श्रेयान्स मस्राङगी घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
घाइतेहरुको नवलपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर, चितवन पठाएको प्रहरीले जनाएको छ ।








