नवलपुरमा एकै दिन चार दुर्घटना, पाँच जना घाइते

नवलपुर, असोज २९ गते । नवलपुरका विभिन्न स्थानमा भएका दुर्घटनामा पाँच जना घाइते भएका छन् । कावासोती–३ जयन्ति चोकस्थित भित्री सडक खण्डमा जयन्ति चोकबाट संगम चोक तर्फ जादै गरेको साईकललाई सोही दिशा तर्फ जादै गरेको बा.प्र.०१ ०१७ प ५३७५ नं.को मोटरसाइकलले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१० बस्ने का २२ वर्षीय सुजन तामाङ घाइते भएका छन् । उनलाई नवलपुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै देवचुली नगरपालिका–१४ पुरानो पेट्रोल पम्प नजिकै काठमाडौंबाट सुर्खेत जाँदै गरेको बाग्मती प्रदेश ०२–३५ प ७७६८ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा सुर्खेत भेरीगगंगा नगरपालिका–१० का वर्ष ३५ का देवराज बङगाडी र पैदल यात्री देवचुली–१४ का ६ वर्षीय तुल्सी रामा पङगाली घाइते भएका छन् । गम्भीर घाइते पङगालीलाई देवचुली अस्पतालमा समान्य उपचार पछि थप उपचारका लागि चितवन मेडिकल कलेर रिफर गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै कावासोती–११ कुडौली स्थित भित्रि सडकखण्डमा लोकाहा चोकबाट पिठौली तर्फ जादै गरेको ना २७ प ९९४१ नम्बरको मोटरसाइकलले रोकी राखेको लुम्बिनि प्रदेश ०१–०१३ प २८३४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक पिठौलीका वर्ष ४६ का पदम बहादुर ठाडा मगर घाइते भएका छन् ।

यसैबीच देवचुली–१६ रजहरचोकमा फारमबाट रजहरतर्फ आउदै गरेको ना.५४ प. ९६४५ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्री देवचुली–१६ का ६३ वर्षीया निर्मला सुवेदीलाई ठक्कर दिएर घाइते बनाएको छ । उनलाई जन आस्था मेडिकलमा उपचार पश्चात थप उपचारको लागि चितवनको सरकारी अस्पताल भरतपुर पठाएको प्रहरीले जनाएको छ ।