नवलपुर, कात्तिक १० गते । नवलपुरको हुप्सेकोट गाउँपालिका–२ सुटिचोक स्थित भित्री सडक खण्डमा गैँडाखोलाबाट गिरुवारी तर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । लु १ ह ३४३२ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिव ७ मिटर तल झाडिमा खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा हुप्सेकोट–२ का ७० वर्षीया निर्मा सोती, ८० वर्षका नर बहादुर सोमै, ७० वर्षकी नन्दिसरा आले, ७५ वर्षकी पदमी सोमै र ३६ वर्षीया छुमिसरा सारु घाइते भएका नवलपुर प्रहरीले जनाएको छ । घाइतेहरुको देउराली प्राथामिक अस्पताल हुप्सेकोटमा उपचार भईरहेको प्रहरीको भनाइ छ ।







