पार्टी छोडेको महिनौँपछि ओलीले ‘एमालेका उम्मेदवारलाई जिताउनुहोस्’ भनेपछि…

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रेमबहादुर सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीको सूचना संकलन क्षमता र कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

एमाले छोडेर नेकपा प्रवेश गरेको महिनौँपछि ओलीले ‘एमालेका उम्मेदवारलाई जिताउनुहोस्’ भन्दै पत्र पठाएपछि सिंहले ओलीका बारेमा प्रश्न  उठाएका हुन् ।

‘आफ्नै सल्लाहकार समूहबाट सम्पर्क सूचनाबाट अलग पारिएको केपी ओली सरकार देशमा देशी–विदेशी शक्तिले रचेको षडयन्त्रको सामान्य जानकारी पनि नपाएको र बहुमतको दम्भ र केपी ओलीको अहंकार एवं अन्धराष्ट्रवादी क्रियाकलापका कारण हजारौँ शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिको रूपमा रहेका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, बहुदलीय व्यवस्था र राष्ट्रियतालाई संकटमा पारी केपी ओली सेनाको हेलिकप्टेरबाट भागी अपदस्थ हुन पुगे’, सिंहले सामाजिक सञ्जालमा भनेका छन्, ‘अहिले पनि केपी ओलीसँग फगत अहम्बाहेक सही सूचना छैन भन्ने वास्तविकता मलाई लेखिएको पत्रबाट पुष्टि हुन्छ ।’

उनले  एमालेमा अपमान भोगेपछि नेकपामा गएको बताएका छन् । तर सिंहले पार्टी छोडे पनि ओलीले एमालेमै रहेको ठानेर चिठ्ठी लेखेका छन् । सिंहले आफू जस्तै अरुले पनि पार्टी छोडेको र ओली बेखबर रहेको टिप्पणी गरेका छन् ।

‘चारैतिर घेराबन्दी भएको अवस्थामा मेरो नेतृत्वमा रहेको समाजवादी जनता पार्टी नेकपा (एमाले)मा बिना शर्त एकीकृत भएको सर्वविदितै छ । नेकपा (एमाले)मा एकीकृत भइसकेपछि हामीलाई जिम्मेवारविहीन मात्र बनाइएन, घोरअपमान गर्ने काम भए । नेकपा (एमाले) कम्युनिस्ट पार्टी होइन, केपी प्रा.लि भएको निष्कर्षसहित हामी नेपाली कम्युनिस्ट पार्टीको झण्डामुनि गोलबन्द भएर नयाँ इतिहास निर्माणको महाअभियान अघि बढेको सर्वविदितै छ । हिजो नेकपा(एमाले)मा रहेका लाखौँ सदस्यहरू केपी प्रा.लि.मा छन्, भन्ने भ्रम नहोस् । तपाईंले चिट्ठी लेखेका मलगायत अधिकांश व्यक्तिहरू नेपाली कम्युनिस्ट पार्टीमा सामेल भइसकेको सगौरव जानकारी गराउँदछु’, उनले भनेका छन्  ।

यस्तो छ केपी ओलीले लेखको पत्रमा  सिंहको जवाफ

२००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को गणतान्त्रिक आन्द़ोलन(वसन्त क्रान्ति)  पछि सत्ता शान्तिपूर्ण रूपमा हस्तान्तरण भयो। तर नेपालको इतिहासमा जेन्जी आन्दोलनपछि अपदस्थ हुने केपी ओली पहिलो शासक बने ।

आफ्नै सल्लाहकार समूहबाट सम्पर्क सूचनाबाट अलग पारिएको केपी ओली सरकार देशमा देशी-विदेशी शक्तिले रचेको षडयन्त्रको सामान्य जानकारी पनि नपाएको र बहुमतको दम्भ र केपी ओलीको अहंकार एवं अन्धराष्ट्रवादी क्रियाकलापका कारण हजारौं शहीदहरूको वलिदानबाट प्राप्त उपलव्धिको रूपमा रहेका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, बहुदलीय व्यवस्था र राष्ट्रियतालाई संकटमा पारि केपी ओली सेनाको हेलिकप्टेरबाट भागी अपदस्थ हुन पुगे। अहिेले पनि केपी ओलीसंग फगत अहम बाहेक सही सूचना छैन भन्ने वास्तविकता मलाई लेखिएको पत्रबाट पुष्टि हुन्छ ।

चारैतिर घेरावन्दी भएको अवस्थामा मेरो नेतृत्वमा रहेको समाजवादी जनता पार्टी नेकपा(एमाले) मा विना शर्त एकीकृत भएको सर्वविदितै छ।नेकपा(एमाले) मा एकीकृत भैसकेपछि हामीलाई जिम्मेवारविहीन मात्र बनाइएन, घोरअपमान गर्ने काम भए । नेकपा(एमाले) कम्युनिष्ट पार्टी होईन, केपी प्रालि भएको निष्कर्षसहित हामी नेपाली कम्युनिष्ट पार्टीको झण्डामुनि गोलवन्द भएर नयाँ इतिहास निर्माणको महाअभियान अघि बढेको सर्वविदितै छ।हिजो नेकपा(एमाले) मा रहेका लाखौं सदस्यहरू केपी प्रालिमा छन् भन्ने भ्रम नहोस्। तपाईले चिट्ठी लेखेका म लगायत अधिकांश व्यक्तिहरू नेपाली कम्युनिष्ट पार्टीमा सामेल भैसकेको सगौरव जानकारी गराउँदछु।

धन्यवाद !