तेस्रो नवलपुर जनजाति महोत्सवमा आज लाखे नाँच प्रतियोगिता हुने

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नवलपुरद्वारा आयोजित तेस्रो नवलपुर महोत्सवमा आज लाखे नाँच प्रतियोगिता हुने भएको छ ।

महोत्सवमा आज साँझ लाखे नाँच प्रतियोगिता हुने भएको आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

त्यसैगरी आजको कार्यक्रम मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यतामा हुने छ । महोत्सवमा आज लोकदोहोरी गायक बद्री पंगेनी, गायक राजन गुरुङ, गायिका उमादेवी खनाल लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

चैत्र २७ गतेदेखि कावासोती २ भाट्टोला बेलचोकस्थित नवदुर्गा रंगशाला मैदानमा जारी महोत्सवमा आदिवासी जनजाति समुदायको परम्परागत सांस्कृतिक घर, खाना स्टलका साथै व्यापारिक स्टल, लण्डन ब्रिज, आइफिल टावर, सेल्फी जोन लगायत विशेष आकर्षक रहेका छन् ।

त्यसैगरी भोलि आइतबार गायिका ऐलिना चौहानको प्रस्तुती रहने आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले जनाएको छ ।