पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। गृहमन्त्रालय स्रोतका अनुसार, उनलाई भारतको कोलकत्ताबाट पक्राउ गरेर काठमाडौं ल्याइपुर्याइएको हो । उनलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएको र हवाइमार्गबाट काठमाडौं ल्याइएको हो ।
श्रमसचिव हुँदा अवैध रूपमा रकम संकलन गरी श्रमिकलाई मलेसिया पठाएको आरोप उनीमाथि लागेको छ। अर्यालविरुद्ध केही दिनअघि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।









