काठमाडौं । राधानीमा जारी नेपाल टी–२० लिगमा देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आइसिसीको टोली नेपाल आएको छ । आइसिसीको टोलीले बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेको छ ।
बुधवार साँझ नेपाल आएको आइसिसीको टोलीले बिहीबार दिउँसो राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेको हो । यसअघि टोलीले विमानस्थलबाट सोभैm कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा निरीक्षण गरेको थियो । त्यसपछि सहभागी टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो ।
टोलीमा प्रतियोगिताको एन्टी करप्सन युनिट ९एसयू०, अम्पायर र खेलाडीसँग भेट गरेको थियो । जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चारमाध्ययमा आएपछि आइसिसीले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको थियो ।
विवाद सतहमा आएपछि राखेपले बुधवार सत्य तथ्य छानबिन गरी १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो ।सीआईबीले पनि छानबिन थालेको छ ।









