फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी पार्टनर तथा मोडेल-इन्फ्लुएन्सर जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्।
यो जोडीले पोर्चुगलमा नागरिक समारोह आयोजना गरी विवाह गरेको हो। रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो विवाहको औँठी देखाउँदै तस्बिर सेयर गरेका छन्।

पोर्चुगिज मिडियाका अनुसार यो जोडीले अगस्ट ११ मा लिस्बन नजिकैको समुद्री किनारको सहर कास्काइसमा विवाह गरेका हुन्। यस विशेष अवसरमा उनीहरूका पाँच बच्चा पनि उपस्थित थिए।
रोनाल्डो र जर्जिना १० वर्षदेखि सँगै छन्। उनीहरूको पहिलो भेट म्याड्रिडको गुच्ची स्टोरमा भएको थियो। जहाँ जर्जिना त्यतिबेला काम गर्थिन्।
त्यस समय रोनाल्डो प्रसिद्ध स्पेनी क्लब रियल म्याड्रिडबाट फुटबल खेलिरहेका थिए। यो जोडीले गत वर्ष अगस्ट ११ मा आफ्नो इन्गेजमेन्टको घोषणा गरेको थियो। त्यतिबेला जर्जिनाले आफ्नो इन्गेजमेन्टको औँठीको तस्बिर सेयर गरेकी थिइन्।









