काठमाडौं । जनकपुर रोयल्सले काठमाडौंमा जारी नेपाल टी २० लिगको प्लेअफमा स्थान पक्का गरेको छ ।
टियु मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै जनकपुर प्ले अफ पुग्ने दोस्रो टोृली बन्यो ।
पोखराले दिएको ६९ रनको सामान्य लक्ष्य जनकपुरले ६६ बल अगावै ४ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरका लागि सरफुदिन असरफले २७ बलमा ३७ रन बनाउँदा कप्तान ट्राभोन ग्रिफिथ १७ रनमा आउट भए । पवन सर्राफ ४ रनमा नटआउट रहे ।
असन प्रियरन्जन १ रन बनाएर आउट हुँदा दिलिप नाथले १ रन बनाए । पोखराका लागि कुशल मल्लले ३ तथा असिथा फर्नान्डोले १ विकेट लिए । पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा अलआउट हुँदै ६८ रन बनायो ।
पोखराका लागि सिद्धान्त लोहनी १७ रनमा आउट हुँदा आसिफ शेख र कुशल मल्लले समान १६–१६ रन बनाए ।
पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरका लागि सोमपाल कामीले ३ तथा सरफुदिन असरफ र ललित नारायण राजवंशीले समान २र२ विकेट लिए ।नौ खेल खेलेर ६ जित तथा ३ हार हात पारेको जनकपुर आजको खेल जिते पश्चात प्लेअफमा आफ्नो स्थान बनाउने दोस्रो टोली भएको छ । यस अघि लुम्बिनी अल स्टार प्लेअफ पुगि सकेको छ । ९ खेलमा १२ अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा छ।









