नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि राष्ट्रिय टोली घोषणा गरेको छ।
क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा गरेको हो ।
जसमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्।
ओपनर कुशल भुर्तेलले एक दिवसीय टिममा कमब्याक गर्न सकेनन् । यही अक्टोबर ७ देखि ओमानमा हुन लागेको लिग २ को यो अन्तिम शृंखला हो।
लिग २ तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ। ३२ खेल खेलेको नेपालले ११ खेल मात्रै जितेकाे छ । १९ खेल हारेकाले नेपाल शीर्ष ४ मा पर्न ओमानमा हुने खेल जित्नुपर्ने दबाबमा छ। नेपालको २४ अंक मात्रै छ।
लिग २ मा ३६ खेलबाट ४५ अंक बटुलेको स्कटल्यान्ड पहिलो स्थानमा छ। त्यसैगरी ३२ खेलमा ४३ अंक बटुलेको अमेरिका दोस्रो स्थानमा छ भने नेदरल्यान्ड्स (३८) तेस्रो, ओमान (३१) चौथो, नामिबिया (२८) पाँचौँ, क्यानडा (२५) छैठौँ, नेपाल (२४) सातौँ र यूएई (१८) आठौँ स्थानमा छन्।








