काठमाडौं । काठमाडौंमा जारी नेपाल टी २० लिगको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टार फाईनल प्रवेश गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनाउन सक्यो ।
जनकपुरका लागि शमिउल्लाह शिनवारीले ४५ रन बनाउँदा पवन सर्राफ ३० रनमा अविजित रहे । लुम्बिनीका लागि विपुल शर्मा,दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान २, २ तथा श्याड्ली भानले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाउँदा अनिल शाहले २४ रन बनाए । विपुल शर्मा २० रनमा आउट हुँदा श्याड्ली भान १७ रनमा अविजित रहे । लाहिरु मिलान्थाले १६ रन बनाए ।
जनकपुरका लागि जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कामीले समान २र२ तथा पवन सराफ र ट्राभोन ग्रिफिथले समान १र१ विकेट लिए ।
पराजित जनकपुरले सोमबार हुने ईलिमेटर खेलको बिजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ । सोमबार हुने ईलिमेटरमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्स खेल्नेछन् ।









