अफगानिस्तानका स्पिन बलर राशिद खानले अस्ट्रेलियामा आयोजना हुँदै आएको बीग बास लिग (बीबीएल) बाट बाहिरिने चेतावनी दिएका छन् ।
अस्ट्रेलियाले मार्चमा तय गरिएको अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज नखेल्ने जनाएपछि राशिदको यस्तो चेतावनी आएको इन्डी एशियन न्युज सर्भिस (आइएएनएस) ले जनाएको छ ।
राशिदले अस्ट्रेलियाको फ्रेन्चाइज्ड टी २० लिग ‘बीबीएल’ मा आफ्नो भविष्यबारे सोचिरहेको बताए । अफगानिस्तान र अस्ट्रेलियाबीच युएईमा हुने भनिएको एकदिवसीय सिरिजका लागि अस्ट्रेलियाले यात्रा नगर्ने निर्णय गरेको छ ।
अफगानिस्तानको तालिवान सरकारले महिलाहरुलाई शिक्षा र रोजगारीबाट बञ्चित गरेको भन्दै अस्ट्रेलियाले सिरिज खेल्न अस्विकार गरेको हो । यता अफगानिस्तान क्रिकेट बोर्डले भने यस विषयलाई इन्टरनेसनल क्रिकेट काउन्सिलमा लिएर जाने जनाएको छ ।









