काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । छनोट समिति संयोजक दीपेन्द्र चौधरीले सन्दीपलाई बिहीबारदेखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको जानकारी दिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथिको निलम्बन फुकुवा गरेपछि राष्ट्रिय टोलीमा बोलाइएको हो । सन्दीप आज त्रिवि मैदानमा पुगेर प्रशिक्षक देसाईलाई भेटेका थिए ।
सम्भवतः उनी भोलिबाट प्रशिक्षणमा सहभागी हुनेछन् । आज भने बन्द प्रशिक्षण थिएन । सन्दीप केहीबेर मैदानमा अभ्यास गरेर फर्किएका थिए ।
सन्दीप टोलीमा फर्किएसँग बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या २९ पुगेको छ । नेपालले आगामी महिना आईसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।









