नवलपुर महोत्सवको वृतचित्र प्रतियोगितामा मध्यविन्दु क्याम्पस प्रथम

कावासोती, माघ २९ गते । आठौं नवलपुर महोत्सवले आयोजना गरेको वृतचित्र प्रतियोगितामा मध्यविन्दु बहुमुखी क्याम्पसका सुलभ चापागाईं प्रथम भएका हुन् ।

सोही प्रतियोगिताको दोस्रो स्थानमा लर्डबुद्ध एकेडेमी कावासोती -३, का रुथ शर्मा, तृतिय स्थानमा शान्ति निकुञ्जका दिपेश बोहोराको समूह र सान्त्वना पुरस्कार पनि शान्ति निकुनञ्जकै दिपेश क्षेत्रीको समूहले हात पारेको छ ।

प्रथम, द्वितीय, तृतीय र शान्तवना हुनेलाई क्रमश: रु २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार राशी राखिएको श्रष्टा सम्मान तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख अर्जुन अविरलले जानकारी दिए ।

उधमशिलता र रोजगार विषयक नवलपुर जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वृत्तचित्र प्रतियोगिताको संयोजन कावासोती नगरपालिका शिक्षा शाखाले गरेको थियो ।

अन्तिम छनोट भएका ५ विद्यालयका विद्यार्थीहरूले महोत्सव स्थलकै मञ्चमा रहेको डिजिटल बोर्डमा प्रस्तुती देखाएका थिए ।