नवलपुर, फागुन २२ गते । मध्यविन्दु नगरपालिकाले आयोजना गरेको कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आजदेखि सुरु भएको छ । नवजागरण माविको प्राङ्गढमा फागुन २४ गतेसम्म चल्ने महोत्सवको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरे ।
नवीनतम कृषि प्रविधि तथा उपकरणहरको प्रदर्शनी, परम्परागत रैथाने खानाको प्रवद्र्धन र संरक्षण गर्न, कृषक, उद्यमी तथा प्राविधिक र अनुसन्धानकर्ताबीच अन्तरक्रिया गर्ने अवसर सृजना गर्न महोत्सव आयोजना गरिएको नगरप्रमुख भिमलाल अधिकारीले जानकारी दिए ।
महोत्सवमा कृषि प्रविधि र विभिन्न जातजातिका रैथाने खानामा दर्शको भिड लागेको छ ।
हेर्नुहोस् भिडियो