दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ मा तीजको नाच हेर्न गएकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
तिजको नाच हेरेर फर्किँदै गर्दा गाउँकै दुई युवाले लखेटी–लखेटी करणी गरेको घटना सार्वजनिक भएपछि प्रहरीले चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।
साथीहरू भाग्न सफल भएपनि ती बालिकालाई ढुंगाले हानेर घाइते बनाइ सामूहिक बलात्कार गरी बेहोस अवस्थामा छाडिएको प्रहरीले बताएको छ ।
पीडितको दाहिने हात मर्किएको र गुप्ताङ्गमा चोट लागेको चिकित्सकले जनाएका छन् । दैलेख अस्पतालमा उपचाररत् ती बालिकाको अवस्था सामान्य बन्दै गएको छ ।
पीडित परिवारको जाहेरीका आधारमा दुवै युवकलाई नियन्त्रणमा लिइएको र जबरजस्ती करणी अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।