नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी मूल्य घटाइएको हो ।
निगमका अनुसार, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर अमेरिकी डलर सात रुपैयाँले घटाइएको जनाइएको छ ।
पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो।