चोरमारामा दैनिक दुर्घटना, पछिल्लो तीन दिनमा ३ जनाले ज्यान गुमाए

नवलपुर, कात्तिक ३ गते । नवलपुरको मध्यविन्दु नगरपालिका चोरमारामा लगातार दुर्घटना भईरहेको पछिल्लो तीन दिनमा लगातार भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सोमबार तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा नवलपुरमा एक जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् ।

मध्यबिन्दु नगरपालिका-८ गडारखोला नजिकै पूर्व पश्चिम राजमार्गमा चोरमाराबाट अरुणखोलातर्फ जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाइ नारायघाटबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल लोड गरको ट्याङकरले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक मध्यबिन्दु-१३ मैनाघाटका ४० वर्षीय बीर बहादुर सिँजालीको उचारको क्रममा मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका २३ वर्षीय चन्द्र बहादुर गाहा र ३१ वर्षीय समिर जंग कुमाल घाइते हुनु भएको नेपालले जानकारी दिए । घाइते दुबैको मध्यविन्दु प्रादेशीक अस्पतामा उपचार भईरहेको छ ।

ठक्कर दिने ट्याङकर घटनास्थलबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक सल्यान शारदानर नगर नगरपालिका १४ घर भई हाल दाङ तुल्सिपुर उपमहानगरपालका ६ का ४७ वर्षीय खलकराम भण्डारी र दबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।