नवलपुर, कात्तिक २ गते । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवर खापुङल जेनजी आन्दोलनका क्रममा सिंहदरवार, संसद भवन र नेताहरुका घरमा किन छानिछानि आगजनी गरियो भन्ने बारेमा नेताहरुले नै बढि आत्म समिक्षा गर्नु पर्ने बताएका छन् ।
नवलपुरको कावासोतीमा प्रहरी कल्याण कोषको बजेटबाट निर्मित पेट्रोल पम्पको उद्घाटक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचारमुक्त समाज, सहज र सर्वसुलभ सेवा तथा आर्थिक सुधार हामी सबैको माग भएकाले त्यो नहुँदा जेन जी आन्दोलन भएको बताए । नेता र प्रहरी किन जेन जीको निसानामा परे भनेर नेता, प्रहरी सबैले पाठ सिक्नु पर्ने उनको भनाइ थियो ।
महानिरीक्षक खापुङले जेन जी आन्दोलनमा घुसपैठ गर्ने जो सुकैलाई पनि कारवाहीको दायरामा ल्याइने प्रतिवद्धता जनाए । ”राजनीतिक प्रकृति बाहेकका फौजदारी मुद्दाहरुमाथि अनुसन्धान भईरहेको छ, खापुङले भने, ”विध्वंस मच्चाउने दोषी कसैलाई पनि छोडिदैन ।”
यसैबीच खापुङले नवलपुरको कावासोतीमा निर्माण गरेको प्रहरी कल्याण कोष नमुना पेट्रोल पम्पको उदघाटन गर्नु भएको छ । खापुङले आइतबार नेपाल प्रहरी कल्याण कोषको बजेटबाट कावासोतीमा निर्माण गरिएको पेट्रोल पम्पको उद्घाटन गरे ।
मासिक रुपमा कट्टा गरिएको र शान्ति मिशनमा खटिएका प्रहरीको कट्टा गरिएको रकमबाट १० करोड ९८ लाख रुपैयाँ लागतमा पेट्रोल पम्प सञ्चालन गिरएको हो ।
दुई एक विघा ३ धुर क्षेत्रफलमा रहेको पेट्रोल पम्म परिसरमा चार्जिङ स्टेशन, रिफ्रेस सेन्टर, एटीएम मेशिन, टोकन काउन्टर, वर्कसप लगायतका सुविधा रहेको गण्डकी प्रदशका प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले जानकारी दिए ।
उपत्याकामा दुईसहित देशभरल नौवटा पम्प प्रहरी कल्याण कोषले सञ्चालन गरेको छ । गण्डकी प्रदशका प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले अभावको बेला पनि सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने र चौविसै घण्टा खलला रहने जानकारी दिए ।