सर्पदंशबाट कावासोतीकी एक बालिका गम्भीर

नवलपुर, भदौ १९ गते । नवलपुरको कावासोतीमा सर्पदंशबाट एक बालक गम्भीर बिरामी भएका छन् । कावासोती नगरपालिका–१३ गैरी घर भई कावासोती–१२ राजमन्दिर मामा घरमा बस्ने अमर महतोको ८ वर्षीया छोरी आकांक्षा महतो गम्भीर बिरामी भएकी हुन् ।

राति सुतिरहेको अवस्थामा प्रजाति नखुलेको सर्पले बायाँ कानमा डसी बिरामी बनाएको हो । उनको हाल मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा मा गम्भिर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सर्पले डसिहालेमा के गर्ने ?