तलब, गाडी, मन्त्रीक्वाटर, सुरक्षा लगायत कुनै पनि सुविधा नलिने रामेश्वर खनालको घोषणा

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा उनी अर्थमन्त्री बन्ने टुंगो लागिसकेको छ। नियुक्त हुने भने बाँकी छ।

मन्त्री बन्ने पक्का ‍भएपछि उनले आफूले कुनै पनि सेवा सुविधा नलिने बताएका हुन् । उनले पिएसओ पनि नलिने भनेका छन्।  अहिलेको परिस्थितीलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको टिमले उनलाई पिएसओ भने राख्न आग्रह गरेको थियो। तर खनालले त्यो पनि नलिने बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि उनले कुनै पनि सुविधा नलिइ काम गरेका थिए।अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका खनाल पूर्वअर्थसचिव हुन्।

उनले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग व्यवसायीहरूले गरेको करछलिका विषयमा मत‍भेद भएपछि अर्थसचिवबाट राजीनामा दिएका थिए।