काठमाडौं, असोज १२ गते । जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ ।
आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।
सरकारले जेन–जी आन्दोलनमा भएको दमन र तोडफोडबारे अनुसन्धान गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोगसमेत बनाइसकेको छ। ओलीले भने यरअघि नै अहिलेको सरकारलाई आगोको संज्ञा दिँदै आफु देश छोडेर नभाग्ने बताईसकेका छन् ।