खड्का बने कांग्रेसको कार्यवाहक सभापति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सञ्चालनको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।केन्द्रीय समिति बैठकमा लिखित सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रुपमा काम गर्ने गरी तोकेको छु’, देउवाले केन्द्रीय समितिमा लिखित मन्तव्य दिँदै भने, उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

पार्टीमा नेतृत्व परिवर्तनको कुरा उठिरहँदा देउवाले कार्यवाहक उपसभापति खड्कालाई तोके पनि उनले पदबाट राजीनामा भने दिएका छैनन्।