नवलपुर, असोज ३० गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१ केउरेनीमा मोटर साइकल दुर्घटना दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
गएराति ९ बजेतिर देवचुलीको दलदलेबाट रजहरतर्फ जाँदै गरेको लु ३७ प ६९२० नम्बरको मोटर साइकल दुर्घटना हुँदा एक पैदल यात्रीसहित तीन जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक देवचुली १३ का ४३ वर्षीय रिम बहादुर नेपाली, मोटरसाइकलको पछाडी सवार गैँडाकोट नगरपालिका–१७ का ३५ वर्षीय कृष्ण नेपाली र देवचुली–१ केउरेनीका पैदल यात्री १८ वर्षीय दान बहादुर बिक घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । घाइते सबैको देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको र सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।