काठमाडौं, चैत ४ गते । काठमाडौँबाट शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा दुर्घटना भएको हो ।
बारीमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुरुमा बारीको डिलमा अवतरण भएको हेलिकप्टर पुनः उठाएर बीचमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ ।
चालक सविन थापासहित ६ जना सवार हेलिकप्टर दुर्घटना हुँदा एक यात्रु काजीबहादुर राई घाइते भएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले बताए । घाइते राईलाई अर्को हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ ।









