रसुवा बाढीमा परेर ज्यान गुमाउनेको संख्या १६२ पुग्यो, ८१ सुरक्षाकर्मीसहित सयौं बेपत्ता

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपुरमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।

बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मीका सहकर्मी पनि हराइरहेका छन्। नेपाली सेनाका क्याप्टेनसहित ४४ जना, सशस्त्र प्रहरीका इन्सपेक्टरसहित १३ जना र नेपाल प्रहरीका २८ जना बुधबार बेलुकासम्म सम्पर्कमा छैनन्। सम्पर्कविहीन रहेका ४४ जना सैनिक पनि रसुवाका हाइड्रोपावर र लाङटाङ राष्ट्रिय निकुन्जमा खटिएका थिए।

कति अझै उद्धारको पर्खाइमा छन्। हेलिकप्टरमा पुगे पनि सबैको उद्धार हुने अवस्था छैन। सडक टुट्दा उद्धारका लागि पर्याप्त सुरक्षाकर्मी पुग्न सकेनन्।