रसुवा बाढीमा मध्यविन्दुका १२ जना सम्पर्कविहिन, राहात कोषमा देवचुलीको ८ लाख सहयोग

बोमलाल गिरी

नवलपुर, भदौ ११ गते । नवलपुरबाट रोजगारीका लागि रसुवा पुगेका १२ जना सम्पर्क विहिन भएका छन् । जिल्लाको मध्यविन्दु नगरपालिका–१ र ५ मा स्थायी बसोवास भएका १२ जना रसुवा बाढीपछि वेपत्ता भएका नगर कार्यपालिकाले जनाएको छ ।

नगरपालिकाले सूचना निकाली दिएको जानकारी अनुसार मध्यविन्दु–१ का हेम बहादुर चौधरी, हुसन बहादुर थारु र कालिराम महतो थारु रहेका छन् ।

त्यस्तै मध्यविन्दु–५ का हेम बहादुर चौधरी, जीवन विक, गंगाराम मुखिया, विशाल मुखिया, सिताराम महतो, उमेश महतो, एकादेव महतो, नुम नारायण महतो, केशव प्रसाद महतो र तेज बहादुर थारु रहेका नगरपालिकाले जनाएको छ ।

उहाँहरु सबै जना रसुवागढीको टिमुरेस्थित तेन्जिङ शेर्पा हाइड्रो पावर विल्डिङ कन्स्ट्रक्सनमा कार्यरत रहेको बताइएको छ ।

यसैबीच नवलपुरको देवचुली नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आठ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख हरि प्रसाद न्यौपानेका अनुसार पालिकाको तर्फबाट चार लाख र जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट चार लाख गरी आठ लाख रुपियाँ कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।