नवलपुर, असोज २ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको अरुणखोलामा क्रेनले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुम्किवासबाट बेल्डिहातर्फ जाँदै गरेको लु १ क ४८०८ नम्बरको क्रेनले बाटो पार गर्दै गरेका हुप्सेकोट गाउँपालिका–६ का ७६ वर्षीय पृथि वयम्बु मगरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
क्रेनको ठक्करबाट घाइते मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अलिन पण्डितले जानकारी दिनुभयो । प्रहरीले क्रेन चालक विनयी त्रिवेणी गाउँपालिका–२ का ४७ वर्षीय शोभाखर अर्याललाई नियन्त्रणमा लिएको जनाएको छ ।









