नवलपुर, असोज २ गते । भदौ १० गतेकाे भोटेकोशी विध्वंशकारी बाढीमा परी बेपत्ता भएका नवलपुरको मध्यबिन्दु नगरपालिकाका १२ जनाको परीवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । नवलपुर उद्योग वाणिज्य संघ, मध्यविन्दु उघोग वाणिज्य संघ र स्थानीय पालिकासँगको समन्वयमा संकलित राहत सामग्री बेपता परिवारको घर घरमै लगेर हस्तान्तरण गरिएको हो ।
बाढीमा परेर मध्यविन्दुका हेमबहादुर चौधरी, जीवन विक, गंगाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, युद्ध महतो, एकदेव महतो, नुमनारायण महतो, केशव महतो, तेजबहादुर थारू, हुसनबहादुर थापा र कालिराम महतो बेपत्ता भएका थिए ।
राहात मध्यविन्दु १ सेतोपानीका २ घर परीवार र वडा नं ५ बाघखोरका ८ घर परिवारलाई हस्तान्तरण गरीएको नवलपुर उधोग वाणिज्य संघका अध्यक्ष बुद्धिसागर पोख्रेल (सागर) जानकारी दिए ।
राहात स्वरुप प्रति घर परिवार १ सय ५० किलो चामल, ४/४ किलो नुन र दाल, २ लीटर खानेतेल र १ कट्टा (१५ केजी) आटा हस्तान्तरण गरीएको अध्यक्ष पोख्रेलले जानकारी दिए । उनका अनुसार केहि थान कपडा वडा न १ र ५ मा हस्तान्तरण गरीएको र वडाले समन्वय गरी पिडित परीवारलाई बुझाउने जिम्मेवारी दिईएको छ ।
यस अगि नवलपुर उघोग वाणिज्य संघले विभिन्न संघ संस्थासँग सहकार्य गरी ४ गाडी खाध्यन्न सामाग्री रसुवा समेत पुर्याएको थियो भने संघले रसुवा घटनामा परी सम्पर्क विहिन भएका देवचुली-१ का वलिराम महतोको परिवारलाई समेत राहात हस्तान्तरण गरोको थियो ।
राहात हस्तान्तरणमा नवलपुर उघोग वाणिज्य संघ, नवलपुरका अध्यक्ष बुद्धिसागर पोख्रेल (सागर), मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठ, नवलपुर उघोग वाणिज्य संघका पुर्व अध्यक्षहरु ओम पौडेल, डासुराज पोख्रेल, मध्यविन्दुका संस्थापक अध्यक्ष केदार पराजुली , मध्यविन्दु नगरपालीका वडा न ५ का अध्यक्ष गणेश प्रसाद पाठक, कार्यसमिति सदस्य कृष्णकुमार गिरी, सरला खनाल लगायतको उपस्थिति थियो ।
राहात हस्तान्तरण गर्दै नवलपुर उघोग वाणिज्य संघका अध्यक्ष पोख्रेलले घर मुली नै रसुवाको प्राकृतिक विपतमा वेपता हुँदा पिडित परिवारहरुको चुल्होमा आगो ननिभोस् भन्दै पिडित परिवारसँग दुखको घडीमा समेत उद्योगी व्यावसायीहरुको संस्था साथमा नै छ भन्ने आभास दिलाउन र शोकको अवस्थामा परीवारहरु प्रति समवेदना प्रकट गर्न घरदैलो सम्म आएको बताए । 









