यौन जीवन बारेका ११ भ्रम, जसलाई वैज्ञानिक र मेडिकल तथ्यले खारेज गर्छ

I love him kissing me!

धेरैजसो युवाहरुमा यौनलाई लिएर विभिन्न खालका भ्रमहरु हुन्छन् । यौनको बारेमा उनीहरु आफ्ना अपरिपक्व साथीहरुसँग उल्टासिधा सल्लाहहरु लिन्छन् र जब त्यस्ता सल्लाहले स्वास्थ्यमा प्रतिकुल असर पर्छ त्यसपछि लाजले अरुलाई भन्न शंकोच मान्छन ।

युवाहरुले यौनबाट शारीरिक सुखमात्रै प्राप्त गर्न सकिँदैन यसको मानव स्वास्थ्यमा पनि गहिरो सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ । यौन र स्वास्थ्यलाई लिएर कम उमेरका युवायुवतीहरुमा नकरात्मक धारणहरु फैलिएका हुन्छन् । यौन भनेको के हो ?, स्वास्थ्यको लागि यौन कति ठिक छ ? भन्ने कुरा न त स्कूल कलेजमा पढाई हुन्छ न त अभिभावकहरुले नै आफ्ना हुर्के बढेका छोराछोरीलाई यौन शिक्षा दिनुपर्छ भनेर सोच्छन् ।

अभिभावकहरु यौन शिक्षालाई लिएर त्यति जागरुक छैनन् । आफ्नो बच्चाहरुलाई सेक्सको स्वास्थ्यसँगको सम्बन्ध, यसको सकरात्मक र नकरात्मक दुवै पक्षको बारेमा जानकारी दिन उनीहरु आवश्यक ठान्दैनन् ।

आम युवाहरुमा हुने यौंन सम्बन्धी भ्रम 

‘यौन सम्पर्क गर्नाले शरीरमा रगतको कमी हुन्छ ।’

‘यौन सम्पर्क गर्नाले पढाईमा मन लाग्दैन ।’

‘यौन सम्पर्क पछि युवतीहरुको हिप्स र स्तनको तौल बढ्छ ।’

‘यौन सम्पर्क गर्नाले कमजोरी आँउछ ।’

‘यौन सम्पर्क गर्नाले पुरुषको तौल कम हुन्छ ।’

‘यौन सम्पर्क गर्नासाथै युवतीहरु तुरुन्त गर्भवती हुन्छन् ।’

‘यौन सम्पर्क तनावको सबैभन्दा ठूलो कारण हो ।’

‘यौन सम्पर्क गर्नाले हृदयघातको खतरा बढ्छ ।’

‘यौन सम्पर्कले स्मरणशक्तिमा नराम्रो असर गर्छ ।’

‘यौन सम्पर्क गर्नाले रक्तचाप अनियन्त्रित हुन्छ आदि ।’

भ्रमबाट युवाहरु कसरी बाहिर निस्कने ?

यस्ता तमाम भ्रमहरुले आजकालका युवायुवतीको दिमागमा डेरा जमाएर बसेको छ । तर, माथिका हरेक  भ्रमलाई वैज्ञानिक र मेडिकल तथ्यले खारेज गर्छ ।