सुत्केरी आमाले दुध बढाउन के गर्ने ?

बच्चालाई विभिन्न रोगबाट जोगाउन तथा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आमाको दुध खुवाउन एकदमै जरुरी हुन्छ । कतिपय अवस्थामा केही महिलाहरुलाई दुध कम आउने समस्या पनि हुने गर्छ । यस्तोमा विशेषज्ञबाट जानौं दुध कसरी बढाउन सकिन्छ ।

छ महिनाभन्दा कम उमेरको बच्चालाई आमाको दुधको एकदमै धेरै आवश्यकता हुन्छ । यस्तो दुध नआउने समस्या भएको खण्डमा केही आयुर्वेदिक उपायहरु अपनाउन सकिन्छ ।

  • मेथीका दानाले महिलाहरुको ब्रेस्टको दुध बढाउन सहयोग हुन्छ । यस्तोमा रातभर मेथी दानालाई भिजाएर अर्को दिन खानुहोस् वा मेथीलाई चामल र दुधसँग पकाएर खानुहोस् ।
  • मेथीको साग पनि दुध बढाउनका लागि एकदमै फाइदाजनक हुन्छ । मेथीको साग भुटेर तपाईं चामलसँग खान सक्नुहुन्छ । यसले सुत्केरीको तौललाई पनि नियन्त्रणमा राख्न सहयोग गर्छ ।
  • त्यस्तै, लसुन पनि स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई खाँदा पनि दुध बन्ने क्षमता बढ्छ । खाना पकाउने समयमा लसुन तथा प्याजलाई समावेश गराउनुहोस् ।
  • बच्चालाई दुध खुवाइरहँदा पनि दुध बढ्ने गर्छ । त्यसैले समयमा बच्चालाई दुध चुसाउने गर्नुहोस् । यसरी खानपानमा हरेक प्रकारका तरकारी तथा फलहरुको सेवन गर्नुहोस् । साथमा शरीरलाई हाइड्रेट राख्न पनि एकदमै जरुरी हुन्छ । कतिपयले सुत्केरीलाई चिसो हुन्छ भनेर पानी नपिउने गर्छन् त्यो एकदमै गलत हो ।