गर्मीमा छालाकाे त्वचा जाेगाउनु सवैका लागि महत्वपूर्ण विषय हाे । चर्काे गर्मीले मानिसहरूको जीवनलाई प्रभावित बनाएको छ । गर्मीमा देखिने छालाकाे समस्याः गर्मी समयमा घामका कारण हाम्रो छाला कालो भएको हुन्छ ।
चिल्लोपनाले किटाणुहरू उब्जिने र सक्रिय बनाउने गर्दछ । अनुहारको वरिपरि, हात, खुट्टा, शरीरमा फोहोर खटिरा आउने गर्दछ । जसको असर दीर्घकालीन रूपमा दाग, धब्बा देखिने गर्दछ । गर्मीमा एग्जिमाका कारण छाला रातो हुने, फुस्रो हुने समस्या धेरै देखिन्छ ।
कसरी गर्न सकिन्छ सुरक्षा
-छाला विशेषज्ञका अनुसार आफ्नो छालामा सुहाउँदो, माइल फेसवासले बिहान र बेलुकी गरेर दिनमा दुई पटक अनुहार सफा गर्ने । अनुहार धरै मसाज नगर्ने । डाक्टरको सल्लाहअनुसार छालाको चिल्लोपना हटाउने मोस्टराइजर लगाउने ।
-घरबाहिर निस्किँदा वा काममा जाँदा सन ब्लकको प्रयोग गर्ने । यसले हाम्रो छालामा डाइरेक्ट घामको किरण आउनबाट बचाउँछ । सन ब्लक दिनमा दुईदेखि तीन घण्टाको फरकमा तीनपटकसम्म लगाउने
-अनुहारमा क्रिम बा लोसन लगाउँदा धेरै मसाज नगर्ने । अनुहारमा चिल्लोपना बढेपछि ब्याक्टेरिया आउने भएकाले १०, १५ दिनमा क्लिजिङ (स्क्रप) गर्ने । स्क्रप क्रिमले गरे पनि हुन्छ अथवा दहीले घरमै आफैँ गर्दा अझ राम्रो हुन्छ ।
-दिनमा ३ लिटर पनि अनिवार्य पिउनाले छाला फुस्रो हुनबाट बच्न सकिन्छ ।
-आफ्नो क्षमताअनुसारको मौसमी फलफूल दैनिक खानाले छाला स्वस्थ र चम्किलो हुन्छ ।
-छाला स्वास्थ्य राख्न वयामको पनि आवश्यता पर्छ । बिहान–बेलुका शारीरिक ब्याम गर्नाले अनुहारमा आवश्यक रक्तसञ्चार हुने र अनुहार गोरो, चम्किलो देखिने गर्छ ।
-पसिनाका कारण शरीरमा बेक्टिरिया आउने भएकाले दिउँसो काममा जादाँ लागाएको लुगा सुत्ने समयमा नलगाउने