नचाहँदा नचाहँदै गर्भ बसेमा …

सरकारले अनिच्छित गर्भ रोकी अस्थायी तथा स्थायी बन्ध्याकरण गर्नका लागि परामर्श लिन सुझाव दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सन्तानको रहर पुगेमा सही परामर्श लिई आफूलाई उपयुक्त लाग्ने परिवार योजनाका साधन प्रयोग गर्न र अनिच्छित गर्भ बस्न नदिन आग्रह गरेको हो ।

स्थायी बन्ध्याकरण सेवामा पुरुष बन्ध्याकरण र महिला बन्ध्याकरण पर्दछन् । परिवार योजना सम्बन्धी समस्या वा जिज्ञासा भएमा निर्धक्करुपमा निःशुल्क हेल्पनाइन नम्बरमा सम्पर्क गर्न सकिने सूचना केन्द्रले जनाएको छ ।

यस्तै, सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहार परिवार योजना, सुरक्षित गर्भपतन लगायत प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श तथा जानकारीका लागि नेपाल सरकार र सरोकार निकायहरूले हेल्पलाइन सेवा सञ्चालन गरिरहेको सूचना केन्द्रले जनाएको छ ।