नवलपुरको कावासोती वडा नम्बर १७ मा रहेको नारायणीधाम गंगेश्वर महादेव मन्दिर परिसरमा वृक्षरोपण तथा हवन गरिएको छ ।
पंतञ्जलि योग समिति तथा सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको संयुक्त आयोजनामा औषधीजन्य जडीबुटीहरु निम, बेल तथा श्रीखण्ड लगायतका विरुवाहरु रोपण गरिएको हो । पंतञ्जलि योग समिति एवं सेवा निवृत्त राष्ट्र सेवक समाज नवलपुरका अध्यक्ष डा. नरनाथ पाण्डेको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कावासोती वडा नं १७ का अध्यक्ष चुण्डामणी थनेत, वडा नं ३ का वडा अध्यक्ष डोरमान गीरी, पंतञ्जलि योग समिति गण्डकी प्रदेशका महामन्त्री गणेश आचार्य, नारायणी धाम गंगेश्वर महादेव मन्दिरका अध्यक्ष युक्त प्रसाद गौडेल लगायत स्थानियको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अधिकाशं वक्ताहरुले मानिस अहिले शान्तिको खोजीमा रहेको र धार्मिक मठमन्दिरमा शान्ति अनुभुति हुने बताउँदै मठ मन्दिरमा पनि योग, ध्यान सुरु गर्न अनुरोध गरेका थिए ।









