अर्धसत्य

कविता : अर्धसत्य
चक्रव्युहमा प्रविष्ट हुनु भन्दा पहिले
को र कस्तो थिए म !
चक्रव्युहमा प्रविष्ट भैसकेपछि
म र चक्रव्युहको बीचमा
एउटा प्राणघातक निकटता थियो
यो मैले भेउ पाउने छैन !
चक्रव्युहबाट मुक्त भएपनि
चक्रव्युहको रचनामा कुनै फरक पर्ने छैन
मरूँ वा मारू
मारिनेछु वा मार्नेछु
यसको निर्णय असंभव छ ।
जब निन्द्रामा हिँडन थाल्छ सुतिरहेको मान्छे
उसले फेरि सपनाको संसार देख्न पाउने छैन
त्यो निर्णायक प्रकाशमा सबै कुरा उस्तै दुरुस्तै हुन्छ कि ?
तराजुको एउटा पल्लामा नपुंसकता
अर्को पल्लामा पुरुषार्थ
तराजुको काँटाको ठीक बीचमा अर्धसत्य ।
मूल कवि : दिलिप चित्रे
अनुवाद : जनक कार्की