नवलपुर एफएममा राष्ट्रिय शंखध्वनि एवं भजन प्रतियोगिता हुने

नवलपुर, साउन ३० । कला, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नवलपुर एफएम १०४.७ मेगाहर्जले श्रीकृष्ण जन्माष्टमीको अवसरमा ११औँ राष्ट्रिय खुल्ला शंखध्वनि तथा भजन प्रतियोगिता गर्ने भएको छ।

एफएम २०७१ सालमा स्थापना भएदेखि हरेक वर्ष सांस्कृतिक कार्यक्रमलाई प्राथमिकताका साथ मनाउँदै आएको छ । यसपालि पनि आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता गर्न लागेको एफएमले जनाउको छ । भजनतर्फ प्रथम हुने टोलीलाई नगद १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई ३ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।

शंखध्वनि प्रतियोगितामा प्रथमलाई ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वनालाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक नारायण प्रभुले जानकारी दिए । भजनतर्फ समूहगत र शंखध्वनि तर्फ व्यक्तिगत प्रतिस्पर्धा हुनेछ।

कार्यक्रम २०८२ साउन ३१ गते शनिबार अर्थात भोलि बिहान साढे १० बजे नवलपुर एफएमको प्रांगण, कावासोती ८ नयाँ बजारमा हुनेछ। नवलपुर एफएमकी कार्यकारी निर्देशक राधिका भुसालले प्रतियोगिताले सांस्कृतिक विविधतालाई संरक्षण मात्र होइन, नयाँ पुस्तामा यसको महत्वबारे चेतना फैलाउने विश्वास व्यक्त गरिन् ।

एफएमका अध्यक्ष नारायण शर्माले प्रतियोगिताले सांस्कृतिक सम्पदा जगेर्ना र नयाँ पुस्तामा यसको महत्व उजागर गर्ने बताउदै सबैलाई सहभागीताको अनुरोध गरेका छन् । कार्यकम नवलपुर एफ, पत्रकार तिर्थराज भुसाल स्मृति टष्टको आयोजना एवं लोक सांस्कृतिक भजन समूह, कावासोती–२ को सहआयोजनामा सञ्चालन हुन लागेको हो ।