कप्तान इन्दु बर्माको सानदार ब्याटिङसँगै नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। योसँगै ५ खेलको सिरिज नेपालले २–२ को बराबरीमा पुर्याएको छ। सिरिजको निर्णायक खेल भोली हुनेछ ।
पहिलो खेलमा नेपाल १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्यो भने तेस्री खेलमा नेपाल ३ रनको झिनो अन्तरले स्तब्ध भएको थियो ।
मंगलबार ११२ रनको लक्ष्य पच्छ्याएको नेपालले १७.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ४८ रनको कप्तानी पारी खेलिन । रुविना क्षेत्रिले २३ रन बनाउँदै इन्दुलाई राम्रो साथ दिइन् । कविता कुँवरले १६, ओपनर सम्झना खड्काले ११ रन जोडिन् ।
मलेसियाका आइन्ना हसिम, नूर दानिया र इज्जती इस्लामले समान १ विकेट लिए। त्यसअघि बायोमास क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको थियो।
मलेसियाकी मास एलिसाले सर्वाधिक ५६ रनको योगदान दिइन्। इज्जती इस्लाम १८ र नूर दानिया १५ रनमा आउट भइन्।
मलेसियालाई सस्तैमा रोक्न कविताले चार ओभर बलिङ गर्दै १० रन खर्चिएर सर्वाधिक ३ विकेट लिइन्। पूजा महतो र कविता जोशीले आफ्नो नाममा समान एक विकेट राखे।