रोटरी क्लब अफ कावासोती नवलपुरको आयोजनामा आगामी २७ मङ्सिर शनिबार निःशुल्क न्युरो स्वास्थ्य शिविर हुने भएको छ।
शिविरमा टाउको, मस्तिष्क, मेरुदण्ड, स्नायु–नसा, ढाड, कम्मर छारे रोग तथा अल्जाइमर जस्ता न्युरोलोजीसम्बन्धी समस्याको परामर्श तथा उपचार सेवा प्रदान गरिने सस्थाका अध्यक्ष कृष्ण प्रसाद आर्यालले जानकारी दिए ।
शिविरमा वरिष्ठ न्युरोसर्जन डा कुमार पौडेलले सेवा दिने जनाइएको छ । शिविर मध्यविन्दु प्रादेशिक अस्पताल, कावासोती–१६, डण्डा मा हुनेछ।
शिविर सफल बनाउन मध्यविन्दु प्रादेशिक अस्पताल, पुष्पाञ्जली अस्पताल प्रालि, भरतपुर–१०, र रोट्र्याक्ट क्लब अफ नवलपुर सिटीले प्राविधिक सहयोग तथा सहकार्य प्रदान गर्नेछन्।








