नवलपुर आदिवासी जनजाति महोत्सव चैत २६ देखि

नवलपुर, चैत २२ गते । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति नवलपुरले नेपाली नयाँ वर्षको अवसर पारेर तेस्रो नवलपुर महोत्सव गर्ने भएको छ । आगामी चैत २६ देखि बैशाख ७ गतेसम्म तेस्रो नवलपुर आदिवासी जनजातिको सांस्कृतिक, पर्यटन, खाना तथा व्यापारिक महोत्सव गर्न लागेको शनिवार पत्रकार सम्म्ेलन गरी जानकारी दिइएको हो ।

कावासोती–२ भाटटोलाको नवदुर्गा रंगशालामा हुने महोत्सव आदिवासी जनजाति समुदायको संस्कार, संस्कृति भेषभुषा, रहनसहन, खाना लगायत विषय वस्तुलाई प्रचार प्रसार गर्ने उद्देश्य राखिएको महासंघका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

कोभिडपछि सुस्ताउँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको श्रेष्ठले बताए । महोत्सवमा दुई सयभन्दा बढी व्यापारिक स्टर, होटल तथा समेतनामूलक स्टल रहने बताइएको छ ।

महोत्सवमा आदिवासी जनजातिका मौलिक घरहरु, संस्कार, संस्कृतीसँग जोडिएका स्टलहरु तथा खानाका स्टल पनि राखिनेछ भने साढे दुईलाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताए । महोत्सव अवलोकनका लागि विद्यार्थीका लागि २० प्रतिशत छुट र जेष्ठ नागरिकका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुती तथा विभिन्न खेलकुद र मनोरञ्जनका सामग्रीहरु पनि राखिएको आयोजकको भनाइ छ । महोत्सवको आयोजना महासंघ जिल्ला समन्वय परिसद्ले गरे पनि जिल्ला भित्रका सबै आदिवासी जनजाति समुदाय र यहाँ रहेका १० जातीय संगठनहरुको संयुक्त आयोजनामा गरिएको उनको भनाइ छ ।

हेर्नुहोस् भिडियो