नवलपुर, चैत १९ गते । नवलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धिसागर पोख्रेल निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन भएकोमा बिहान मत गनेर सकिएको थियो । अध्यक्ष पदका अर्का उम्मेदवार भेष बहादुर अधिकारलिाई पराजित गर्दै पोख्रल निर्वाचित भएका हुन् । पोख्रेलले ४४७ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी अधिकारीले २१२ मत पाए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा ३५६ मतसहित बालकृष्ण पाण्डे, प्रथम उपाध्यक्षमा ३४६ गोविन्द बहादुर क्षेत्री, द्धितिय उपाध्यक्षमा ३०८ मत प्राप्त गरी दिपक चन्द्र भट्टराई, महासचिवमा ३१३ मतसहित रमेश अधिकारी, उपमहासचिवमा ३८३ मतसहित प्रेम नारायण पाण्डे र कोषाध्यक्षमा ३५६ मत प्राप्त गरी गणेश बहादुर आचार्य निर्वाचित भए ।
सदस्यहरुमा निर्वाचित कृष्णकुमार गिरीले ४२९, गंगादेवी महतोले ४५०, गोपाल सिर्पालीले ३५५, सरला खनालले ३५३ र दिपक भट्टराई ३९९ मत प्रापत गरे । महिला सदस्यमा दुर्गा ढुंगानाले ४१३ र दुर्गा रिजालले ३७५ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नारायण प्रसाद लम्सालले ३०६ मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
नयाँ नेतृत्वका लागि दुई समुह प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा थिए । एक हजार २१२ मतदाता रहेको संघमा ६ सय ७९ मत खसेको थियो । उद्योग वाणिज्य संघका लागि नवलपुरमा पहिलो पटक मतदान भएको हो ।










