पौडी खेल्ने क्रममा डुबेर नवलपुरमा एक बालकको मृत्यु, एकको उद्दार

नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ अर्का एक बालकको सकुसल उद्दार गरिएको नवलपुर प्रहरीले जनाएको छ ।

नदीमा पौडी खेल्ने क्रममा मंगलबार चितवनको भरतपुर महानगरपालिका-२ कलामन्दिर नजिक घर भएका ९ वर्षीय बालक भुसन रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए ।

उनलाई शसस्त्र प्रहरी बल गण १७ नम्बर हेडक्वाटर आँपटारी चितवनबाट खटिएको खोताखोरको टोलिले घटनास्थलभन्दा २० मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

नारायणी नदीमा दुईजना पौडी खेल्न गएकामध्ये सोही ठाउँका १० वर्षीय विकल्प राना मगरलाई स्थानीयले तत्काल देखि उद्दार गरेका गरेका थिए ।