नवलपुर, जेठ १७ गते । नवलपुरको गैँडाकोट नगरपालिका-१५ मा घरायसी बिबाद हुँदा बाबुले छोराको हत्या गरेका छन् ।
गैँडाकोटको चिन्तामणि टोलका ६३ वर्षीय बाबु डम्मर गिरीले धारिलो हतियार खुर्पा प्रहार गरी ३६ वर्षीय छोरा शंकर गिरीको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
टाउकोमा खुर्पा प्रहारबाट गम्भीर घाईते शंकरको उपचारको क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको पण्डितले जानकारी दिए । प्रहरीले डम्बरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।









