काठमाडौं । सरकारले अर्थ मन्त्रालयमा सचिव परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को बिहीवारको बैठकले तोयम रायलाई अर्थसचिवका रूपमा जिम्मेवारी दिने गरी सरुवा गरेको हो ।
राय यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए । यसैगरी अर्थमन्त्रालय अन्तर्गतकै राजस्व सचिवको जिम्मा डा रामप्रसाद घिमिरेले पाएका छन् । घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । यसअघि कृष्णहरि पुष्कर अर्थ सचिव र रामेश्वर दंगाल राजस्व सचिव थिए ।









