कर्मचारीको तलव बढ्यो, बृद्ध भत्ता बढेन

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत, कार्यसम्पादनको आधारमा १० प्रतिशत र ग्रेडका आधारमा कुल २१ प्रतिशतले तलब बढ्नेछ।

बढेको तलबमान साउन १ देखि लागू हुनेछ। योसँगै ग्रेडसहित ४० हजारदेखि १ लाख माथि हुनेछ। साउन १ गतेदेखि नयाँ तलबमान लागू हुने अर्थमन्त्री वाग्लेले बताए ।

कर्मचारीको तलब बढाएको सरकारले बृद्ध भत्ता भने बढाएन ।