बोमलाल गिरी
नवलपुर, पुष ११ गते । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नवलपुरले नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार देवचुलीको दलदलेमा भएको २०औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनले पुनः उमाकान्त पौडेल विनोदको नेतृत्वमा १९ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
यसअघि पनि अध्यक्ष रहेका पौडेल दोस्रो कार्यकालका लागि सर्वसम्मत दोहोरिएका हुन् । उनी विद्यार्थी पुस्तक भण्डार कावासोतीका सञ्चालक हुन् ।
प्रथम उपाध्यक्षमा भागवत अर्याल, द्वितीय उपाध्यक्षमा मनिषा ढकाल काफ्ले, सचिवमा अशोक अधिकारी, सहसचिवमा गोविन्दप्रसाद भुसाल, कोषाध्यक्षमा सीताराम रिजाल र सहकोषाध्यक्षमा शान्ति पाण्डे चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा कल्पना मिश्र, गीता पराजुली, बोमलाल गिरी, विष्णुप्रसाद पौडेल, प्रेमप्रसाद ढकाल, हेमराज महतो, खिमलाल भुसाल, टेक कार्की र नन्दु श्रेष्ठ रहेका छन् ।
त्यस्तै लेखा समितिमा बुद्धिसागर गैरे संयोजक छन् भने सदस्यमा प्रकाश परियार र रामप्रसाद भट्टराई चुनिएका छन् । नवलपुरमा कोरोनाकालअघि १७० भन्दा बढी पुस्तक पसल सञ्चालनमा रहेकोमा विस्थापित भएर अहिले एक सय ३८ पुस्तक तथा स्टेशनरी ब्यवशायी मात्र महासंघमा आवद्द छन् ।
महासंघका केन्द्रीय अध्यक्ष शिव सागर शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रममा महासंघका केन्द्रीय महासचिव विष्णु पोखरेल, महासंघ गण्डकीका अध्यक्ष केशव प्रसाद पोखरेल, चितवनका अध्यक्ष प्रमेश आचार्य, प्यावसन नवलपुरका वरिष्ठ उपाध्यक्ष भीमलाल कडेल, केन्द्रीय सदस्य किसान श्रेष्ठ लगायतले शुभमामना मन्तब्य दिएका थिए ।
शुभकामना मन्तब्य दिँदै जिल्ला शाखा नवलपुरका सललाहकार एवं नेपाल पत्रकार महासंघ, नवलपुरका पूर्व अध्यक्ष बीरेन्द्र पराजुलीले महासंघमा आवद्द नभएका पसललाई चितवन र बुटबलका होलसेलरले सामान उपलब्ध गराईरहेको भन्दै त्यसो नगर्न आग्रह गरे । अन्यथा नवलपुरका सम्पूर्ण पुस्तक व्यवशायीले ठूला होलसेलरलाई वहिस्कार गर्ने चेतावनी दिए ।
पुस्तक तथा स्टेशनरी महासंघ नवलपुर २०६२ सालमा दर्ता भएको हो । स्थापना कालभन्दा बढी अर्थात २५ वर्षसम्म पुस्तक व्यवशाय गर्ने जिल्लाका दुई जना व्यवशायीलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा भुसाल पुस्तक पसल आरूङखोलाका रामप्रसाद भुसाल र अमिसा पुस्तक पसल गैँडाकोटका विष्णु रिजार र सरस्वती रिजाल रहेका छन् ।









