ट्रकको ठक्करबाट नवलपुरमा ८२ वर्षीय बृद्धको मृत्यु

नवलपुर, पुस २० गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा ट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

चितवनबाट नवलपुरको चौधरी ग्रामतर्फ जादै गरेको ग १ ख ६६०५ नम्बरको ट्रकको ठक्करबाट गैँडाकोट–५ बैकुण्ठ मार्ग बस्ने बर्ष ८२ वर्षीय यमनाथ पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी, प्रहरी निरीक्षक बीरेन्द्रराज गुरुङले जानकारी दिए ।

ट्रकको ठक्करबाट घाईते भई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगेकोमा उपचारको क्रममा चिकित्सकले बिहान मृत घोषणा गरेका गुरुङले बताए । ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।