पाकिस्तानको शिया मस्जिदमा आत्मघाती हमला: ३१ जनाको मृत्यु, १६९ घाइते

पाकिस्तानको राजधानी इस्लामावादस्थित एक शिया मस्जिदमा आत्मघाती हमला हुँदा ३१ जनाको मृत्यु भएको छ । अरू १६९ जना घाइते भएका छन् ।

इस्लामाबाद प्रहरीका प्रहरी प्रमुखले पुरै शहरमा आपतकाल घोषित गरेका छन् । बिस्फोटमा घाइते भएकामध्येnnn धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । यो आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेर उद्धारको काम सुरू गरेका छन् । शक्तिशाली विस्फोटपछि अस्पतालहरूलाई अलर्ट राखिएको छ भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।