द्वन्द्व चर्किए ‘नयाँ हतियार’ उतार्ने इरानको चेतावनी

इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आईआरजीसी) ले द्वन्द्वले नयाँ रूप लिएको खण्डमा इरानले अत्याधुनिक हतियारको प्रयोग गर्ने चेतावनी दिएको छ।

तेहरानमा आयोजित पत्रकार सम्मेलनमा आईआरजीसीका प्रवक्ता होसेन मोहेबीले इरान आफ्नो रक्षा क्षमता अभिवृद्धि गर्न निरन्तर लागिपरेको बताउँदै आवश्यक परेको खण्डमा युद्धमैदानमा नयाँ हतियार उतार्ने घोषणा गरेका हुन्।

प्रवक्ता मोहेबीले इरानले विश्वभरका प्रविधिहरूलाई आत्मसाथ गर्दै आफ्नै हतियार निर्माण गरिरहेको र विद्यमान हातहतियारको स्तरोन्नतिमा जोड दिइरहेको स्पष्ट पारे।

उनले भने, ‘हामी निरन्तर नयाँ हतियार डिजाइन गर्दैछौँ र ठूलो परिमाणमा उत्पादन गरिरहेका छौँ। यदि द्वन्द्वको स्वरूप बदलिएमा हामी पक्कै पनि नयाँ हतियारहरू युद्धमैदानमा ल्याउनेछौँ।’