पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिग बेल्जियममा नेपालका ६ खेलाडीले खेल्ने पक्का भएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसहित कुल ७ नेपाली खेलाडी विभिन्न टिममा ड्राफ्ट भएका छन् ।
दीपेन्द्रलाई यसअघि नै जेबी ब्रुग्सले प्रि-साइन गरेको थियो भने सन्दीप लामिछाने पनि लियेज रेड लायन्समा प्रि-साइन गरिएका थिए ।
रोहितसहित अन्य चार खेलाडी आज भएको ‘ड्राफ्ट’ बाट विभिन्न टोलीमा अनुबन्ध भएका छन् भने अनिल साह र गुल्शन झा अप्सनल राउन्डबाट छानिएका छन् ।
कप्तान रोहितलाई गेन्ट ग्लाडियटर्सले क्याटेगोरी ‘बी’ बाट साइन गरेको छ । त्यस्तै विकेटकिपर आसिफ शेख क्याटेगोरी ‘सी’ बाट एन्टवर्प एंकर्समा अनुबन्ध भएका छन् ।
ललित राजवंशी र इशान पान्डेलाई जेबी ब्रुग्सले ड्राफ्ट गरेको छ भने अप्सनल राउन्डबाट अनिल साह र गुल्शन झा पनि जेबीमा आबद्ध भए । चारैजना क्याटेगोरी ‘सी’ का हुन् ।









